News Summary
Generated by OK AI. Editorially reviewed.- ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले शासकीय सुधारका लागि सरकारले पारित गरेको कार्यसूचीको प्रशंसा गरेको छ।
- टीआई नेपालले प्रधानमन्त्री र सरकारले जनताको हित र सुशासनप्रतिको प्रतिबद्धता देखाएको बताएको छ।
- ट्रान्सपरेन्सी इन्टरनेशनलले तोकिएको समयसीमाभित्र सबै काम पूरा गर्न आग्रह गरेको छ र सहयोगका लागि तत्पर रहेको जनाएको छ।
१७ चैत, काठमाडौं । शासकीय सुधारका लागि महत्वपूर्ण काम गरेको भन्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सरकारको प्रशंसा गरेको छ । भ्रष्टाचारको निगरानी र सुशासनको पक्षमा वकालत गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेशनलले सरकारले पारित गरेको शासकिय सुधार सम्बन्धी कार्यसूचीको प्रशंसा गरेको हो ।
टीआई नेपालले विज्ञप्तिमार्फत भनेको छ, ‘पहिलो बैठकमा नै देशलाई सुशासनतर्फ लैजान समय सीमा सहितको बृहत कार्यसूची पारित गर्नुले प्रधानमन्त्रीले र सरकारले जनताको हित र सुशासनप्रतिको प्रतिबद्धता देखाएको छ ।’
ती सूची मध्ये कतिपयहरु कार्यान्वयन हुनु स्वभाविक भन्दै ट्रान्सपरेन्सी नेपालले तोकिएको समयसीमाभित्र सबै काम पूरा गर्न आग्रह गरेको छ । त्यो विषयमा आफ्नो अनुभव र विज्ञता उपलब्ध गराउन पनि तत्पर रहेको जनाएको छ ।
प्रतिक्रिया 4