+

विश्व सोतोकान करातेमा नेपाललाई दुई कांस्य

२०७२ असोज  २५ गते १७:२४ २०७२ असोज २५ गते १७:२४
विश्व सोतोकान करातेमा नेपाललाई दुई कांस्य

२५ असोज, काठमाडौं । २३ औं एसकेडियुएन विश्व सोतोकान कराते च्याम्पियनसिप तथा आठौं एसकेडियुएन कोहाई विश्वकपमा नेपालले दुई कांस्य पदक जितेको छ ।

सर्वियाको सुवोटिकामा सम्पन्न प्रतियोगितामा नेपालका विन्दान थापा मगर र रुपेश कुँवरले कांस्य पदक जितेका हुन् ।

आठौं कोहाई (जुनियर) विश्व कपको १४-१५ वर्षको ब्वाईज क्याडेट ईभेन्ट अन्तरगत ५५ केजी मुनि तौलसमूहको व्यक्तिगत कुमुतेतर्फ विन्दान थापा मगरले वुल्गेरिया र रोमानियाका खेलाडीहरुलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएका थिए । उनी सेमिफाइनलमा सर्वियाका खेलाडीसँग अंकको आधारमा पराजित हुँदै कास्यमा चित्त बुझाउन बाध्य भए ।

१२-१३ वर्ष उमेरको मिनि क्याडेट ईभेन्ट अन्तरगत ५५ केजी तौलसमूहको व्यक्तिगत कुमुतेमा रुपेश कुँवर पनि सर्वियाका खेलाडीसंग पराजित हुँदै काँस्य पदक प्राप्त गर्न सफल भए ।

उनले पनि रोमानिया र बुल्गेरियाका खेलाडीलाई पराजित गर्दै सेमिमा स्थान बनाएको प्रमुख प्रशिक्षक गोविन्द श्रेष्ठले सर्वियाबाट जानकारी गराए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय