+
+
Shares

टान नेतृत्वका प्रत्यासीबीच आरोप-प्रत्यारोप

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २५ गते १८:०१

Sagar-Pandey-Chandra-Rijal२५ असोज, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल -टान) को निर्वाचन हुन तीनमात्रै बाँकी रहँदा अध्यक्षका प्रत्यासी उम्मेद्वारविच वाकयुद्व नै चलेको छ ।

सोमबार राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) द्वारा आयोजित मिसन टान निर्वाचन -२०१५ विषयक अन्तक्रिर्यामा निर्वाचनका उम्मेद्वारद्वय सागर पाण्डे र चन्द्र रिजालविच एकार्कामा आरोपप्रत्यारोप चलेकेा हो । आफ्नो चुनावी एजेन्डा र कार्ययोजना प्रस्तुत गर्ने क्रममा उनिहरुविच एकापसमा छेडखानी चलेकेा थियो ।

कार्यक्रममा बोल्दै अध्यक्षका प्रत्यासी चन्द्र रिजालले टानको वर्तमान कार्यसमितिको खुलेर आलोचना गरे । रिजालले टानले पर्यटन क्षेत्र र व्यवसायीहरुको खास पीर र मर्का बुझ्न नसकेकेा भन्दै संस्था आˆनो कार्यक्षेत्रबाट बाहिर गएको आरोप लगाए ।

‘भूकम्पपछि सकारात्मक सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रवाह गर्नुपर्ने तथा पर्वतीय पर्यटन प्रवर्द्धनमा लाग्नुपर्नेमा टान चामल वितरण गर्दै हिँड्यो ।’ रिजालले प्रश्न गरे- ‘के यो संस्थाको उद्देश्यअनुसारको काम हो ?’ टान भाषणबाजीमा मात्रै सिमित भएको भन्दै उनले चुनावी आश्वासनलाईमात्र व्यवसायीहरुले नपत्याउने बताए ।

टान कार्यसमितिले पर्यटन विकास र प्रवर्द्वनका लागि प्रभावकारी काम गर्न नसकेकेा भन्ने आरोपको खण्डन गर्दै उनले टान नेतृत्वप्रतिको पूर्वाग्रह र केही व्यक्तिहरुको गलत प्रवृतिका कारण टानले चाहेर पनि प्रभावकारी काम गर्न नसकेकेा पष्ट पारे ।

टान कार्यसमितिले भ्रष्टाचार गरेकेा भन्ने आरोपको खण्डन गर्दै उनले भने- ‘चुनावी प्रतिस्पर्धामा अर्नगल प्रचार गर्ने हिसावले हामीविरुद्व भ्रष्टाचारको आरोप लगाईएको हो ।’ आरोप लगाउनेहरुलाई यथेष्ट प्रमाणसहित आउन उनले चुनौती दिए ।

वर्तमान कार्यसमितिले टानमा थुप्रै सकारात्मक कामहरु थालिसकेकेा भन्दै आˆनो समूह निर्वाचित भएर गए एक महिनामा ती कामहरु पूरा गर्ने प्रतिवद्वता पाण्डेले जाहेर गरे । आगामी निर्वाचनमा व्यवसायीक टीमलाई मतदान गर्न आग्रह गर्दै उनले भने- ‘हामी दुवै जनाको तुलनात्मक अध्ययन गरेर मतदान गर्न म सबै व्यवसायीहरलाई आग्रह गर्छु ।’

पाण्डेले केही समयअघि सहमतीय नेतृत्वका लागि भएको प्रयास रिजाल समूहले नैँ भाँडेकेा आरोप लगाए । पाण्डेले आˆनो समूह पनि कमजोर नभएको दावीसमेत गरे । चन्द्र रिजालतर्फ संकेत गर्दै उनले चुनाव जिते आफू पार्टीको केन्दि्रय समितिको टिकट लिन नजाने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)का केन्दि्रय अध्यक्ष शिव अधिकारीले टानजस्तो व्यवसायीक संगठनको निर्वाचन अस्वस्थ प्रतिस्पर्धा र आरोपप्रत्यारोपकाविच हुनुले राम्रो सन्देश नजाने धारणा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?