Comments Add Comment

प्रधानमन्त्रीको लोभ देखाएर तीन दललाई फुटाउन सफल भयौं : महतो

Rajendra-Mahato

अमित अग्रवाल 

२८ असोज, वीरगञ्ज । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले कांग्रेसलाई प्रधानमन्त्रीको लोभ देखाएर तीन दलको गठबन्धन तोड्न मधेसी मोर्चा सफल भएको बताएका छन् ।

कांग्रेस, एमाले र एमाओवादीको गठबन्धनलाई नतोडेसम्म मधेसको माग पुरा नहुने भएकाले प्रधानमन्त्रीको लोभ देखाएर कांग्रेसलाई तीन दलीय गठबन्धनबाट अलग गर्न मधेसी मोर्चाले संसदमा मतदान गरेको बताए ।

बिहीबार वीरगञ्जको मितेरी पुलमाधर्ना बसेका अध्यक्ष महतोले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने-संसदमा मधेसवादी दलको संख्या न्यून रहेको र कांग्रेस प्रतिपक्षमा आए मधेसको मुद्दामा जित हासिल गर्न सहज हुने भएकाले सुशील कोइरालालाई मतदान गर्न मोर्चा संसदमा प्रवेश गरेको हो ।’

राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको मतदानमा मधेसी मोर्चा सहभागी हुने नहुनेबारे सोधिएको प्रश्नमा उनले प्रधानमन्त्रीको निर्वाचनमा मत खसाल्न जाँदा मधेसी जनता रिसाएकाले अब अर्को निर्वाचनमा सहभागी हुन धेरै सोच्नु पर्ने अवस्था आएको बताए । तर, मधेसी मोर्चाले निर्णय गरे पुनः मतदान गर्न सकिने उनले बताए ।

महतोले आफुहरु वार्ताको विरोधी नरहेको भन्दै उनले पूर्व शर्तहरु पुरा गरे वार्ताको लागि आफुहरु तयारर रहेको बताए । तर, आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment