+
+
Shares

वैज्ञानिक भन्छन् सम्भोग नगर्ने मानिस डेढसय वर्ष बाँच्छ

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २८ गते २२:०७

kissमानिसको बुढोपना सम्बन्धी एकजना वैज्ञानिकले सेक्स मानिसको आयु कम गराउने प्रमुख तत्व रहेको बताएका छन् । उनका अनुसार वासना नै मानिसलाई उसलाई पूरै क्षमतासम्म बाँच्नबाट रोक्दछ ।

अमेरिकी थिंक ट्यांक बायोजेरेन्टोलोजी फाउन्डेसनका निर्देशक समेत रहेका प्राध्यापक एलेक्स जाभोरोन्कोभले दाबी गरेका छन् की यदि मानिसले सेक्स गर्न छाड्ने हो भने ऊ १५० वर्षसम्म बाँच्न सक्छ ।

आफ्नो नयाँ पुस्तक एजलेस जेनेरेसनमा उनले भनेका छन्- सेक्स विनाको जिवनशैलीले हामीलाई हाम्रो जिन्दगी अझै लामो, निकै लामो उमेरसम्म जिउन सक्षम बनाउँछ । उनले भनेका छन्, ‘मैले कहिलेकाहीँ सेक्स गर्छु । तर स्थायी रुपमा होइन । कहिलेकाहीँ आफ्नै साथी वैज्ञानिकसँग सेक्स गर्छु । यसका लागि मलाई माफ गर्नुहोस् ।

३६ वर्षे युवा प्राध्यापकले विवाह, सन्तानप्राप्ति तथा विवाहित हुँदाको जिम्मेवारीका कारण खपत हुने उर्जाको प्रक्रियालई इनर्जी स्यापिंग डिस्ट्रयाक्सन अर्थात् उर्जा बर्बाद गर्ने उन्माद भनेका छन् । यस्तो उन्मादप्रति सावधान रहनुपर्ने उनको सुझाव छ । विवाह तथा प्रजननलाई रोक्नुको परिणाम भनेको औषत आयुमा परिवर्तन हुनु हो ।

उनले सेक्सको साटो मानिसले स्वस्थ रहनका लागि दैनिक उठबस, व्यायाम तथा दौडका साथै कम भोजनमा ध्यान दिनुपर्ने बताए ।आफुले पनि फलफूल, दही तथा प्रोटिनजन्य खानेकुराहरुको माध्यमबाट दैनिक १६ देखि १७ सयसम्म क्यालोरी भोजन गर्ने गरेको उनको भनाइ छ ।

उनी भन्छन्ः एक सय पचास वर्षसम्म बाँच्नु विल्कुलै अवास्तविक होइन । मैले आफु मर्ने योजना बनाइरहेको छैन । तपाइँले ३० वर्षको उमेरपछि केवल यो महसुस गरेर जिउनुपर्छ की जे पनि सम्भव छ ।

विश्व स्वास्थ्य संगठनले अघिल्लो हप्ता मात्र भनेको थियो की विश्वका मानिसहरु अब १ सय वर्षसम्म बाँच्नु सामान्य हुनेछ । डब्लुएचओका महानिर्देशक डाक्टर मार्गरेट चानका अनुसार स्वास्थ्यका लागि अप्रत्यासित चुनौतिहरु रहेको यो युगमा एउटा प्रवृत्ति तय भैसकेको छ की विश्वका मानिसहरुको जिवन तिव्र रुपमा लम्बिइरहेको छ । धेरै मानिसहरु आफु ६० वर्षभन्दा धेरै बाँच्ने भरोसा गर्न सक्ने भएका छन् । स्वास्थ्य प्रणाली, जनशक्ति तथा बजेटको परिणाम निकै सन्तोषजनक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?