Comments Add Comment

प्रधानमन्त्री ओलीले जमिन्दारी भाषा प्रयोग गरे : मधेसी मोर्चा

KP-oli-And-Mahantha-Thakur

३० असोज, काठमाडौं । सरकारले वार्ताको आहृवान गर्दै पत्र पठाएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले त्यसको जवाफ दिने तयारी गरेको छ ।

नेताहरुका अनुसार शनिबारै बैठक बस्ने तयारी थियो । बैठकका लागि तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले अन्य नेताहरुसँग कुराकानी गरेका थिए । तर, धेरै नेता राजधानी बाहिर भएकाले शनिबार बैठक बस्न सम्भव नभएको र आइतबार बस्ने सम्भावना रहेको नेताहरूले बताए ।

तर, मधेसी मोर्चाका नेताहरुले वार्ताको आहृवान गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको पत्रको भाषाप्रति भने असन्तुष्टि जनाएका छन् । मोर्चाका एक नेताले अनलाइनखबरसँग भने- ‘वार्ताको आहृवान गर्नु सकारात्मक हो । तर, जमिनदारी भाषा प्रयोग गर्नुभएको छ । सल्लाहकार राम्रो छैन भने हामीलाई भने हुन्छ ।’

सरकार र मोर्चाबीच सुरु भएको वार्ता नयाँ सरकार गठन प्रक्रिया सुरु भएसँगै छाँयामा परेको थियो । मधेसी मोर्चाले वार्ता आहृवान सकारात्मक भएपछि पत्रमा कहाँ कहिले र कोसँग वार्ता गर्ने भन्ने प्रष्ट नभएको बताएको छ ।

साथै आन्दोलन रोकेर वार्ता हुन नसक्ने बताएको छ । मोर्चामा आवद्ध तमसपाका वरिष्ठ नेता रामनरेश राय यादवले भने-आन्दोलन रोकेर वार्ता हुँदैन सक्दैन । आन्दोलन जारी राख्दै वार्तामा बस्न हामी तयार छौं ।’

संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले प्रधानमन्त्रीले आन्दोलन स्थागित गरेर बार्तामा आउन गरेको आब्हान कुनै पनि हालतमा स्विकार्य नभएको बताए ।

वार्ताको लागि सरकार गम्भीर नभएको भन्दै उनले अहिलेको प्रधानमन्त्रीको आब्हान झारो टार्ने नाटक मात्र भएको बताए । राजधानीमा आयोजित एक कार्यक्रममा राउतले भने-सरकारले वार्ता चाहेको छैन । पत्र पठाएर औपचारिकता पुरा गर्ने काम मात्रै गरेको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मधेसी मोर्चालाई पत्र पठाएर वार्तामा आउन आहृवान गरेका थिए । पत्रमा आन्दोलनका कारण इन्धनलगायतको आपूर्ति असहज हुँदा जनताले दुःख पाएको र मुलुकलाई हानी भएको तर्फ सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

साथै वार्तामार्फत राजनीतिक निकास दिई जनजीवन सहज बनाउन आन्दोलनका सम्पूर्ण कार्यक्रम रोकेर वार्तामा आउन आहृवान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment