Comments Add Comment

राष्ट्रपतिको चुनावमा चलखेल हुन थाल्यो : ईश्वर पोखरेल

३० असोज, काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संसदलाई कमजोर पार्ने र सरकारलाई बन्दी बनाउने षड्यन्त्रमा लागेको दाबी गरेका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

ट्राभल एजेन्ट्स एशोसियसन अफ नेपाल (टान) का नवनिर्वाचित पदाधिकारीहरुलाई शनिबार केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वागत गर्दै महासचिव पोखरलले राष्ट्रपति चुनावलाई लक्षित गरेर षड्यन्त्र हुन लागेको संकेत गरे ।

एमाले महासचिव पोखरेलले भने- हिजो जुन जुन शक्तिहरु संविधान रोक्न लागेका थिए, तिनीहरु अब संसदलाई कमजोर बनाउने र सरकार तथा संसदबाट भएका निर्णयलाई प्रभावित पार्ने उद्देश्यले संवैधानिक निकायको चुनावमा चलखेल गर्न अग्रसर भएका छन् । 

उनले राष्ट्रपति चुनावको प्रसंगमा अरु केही बोलेनन्, तर संसदलाई अनिर्णयको बन्दी बनाउने र सरकारलाई काम गर्न नदिने गरी संवैधानिक अंगलाई प्रभावित बनाउने खेल शुरु भएको बताए ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा पर्यटन बिभाग प्रमुख सूर्य थापाले पर्यटन क्षेत्रमा पहिलोपटक एमाले र साहसी शेर्पा आरोहीहरुको सहकार्यले जित हासिल गरेको बताए ।

कार्यक्रमा टानका नवनिर्वाचित अध्यक्ष चन्द्र रिजालले एमालेसहितका वाम व्यवसायी र शेर्पा व्यवसायीको सहकार्यबाट जिते पनि अब मुलुकको पर्यटन उद्योगलाई बलियो बनाउन आफूहरु लाग्ने बताए ।

वरिष्ठ उपाध्यक्ष टासी ल्हाक्पा शेर्पाले मुलुकको संविधान जारी गर्न एमालेले अगुवाइ गरेजस्तै अब पर्यटन व्यवसायमा पनि अगुवाइ गर्ने बताए । सो अवसरमा पूर्व पर्यटन मन्त्री कृपासुर शेर्पा, एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठलगायतले नवनिर्वाचित नेतृत्वलाई शुभकामना दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment