+

स्टर्लिङको हृयाट्रिकसँगै म्यानचेष्टर सिटीको शानदार जित

२०७२ कात्तिक  १ गते ९:२९ २०७२ कात्तिक १ गते ९:२९
स्टर्लिङको हृयाट्रिकसँगै म्यानचेष्टर सिटीको शानदार जित

Raheem Sterling

१ कात्तिक, काठमाडौं । राहम स्टर्लिङको हृयाट्रिकसँगै म्यानचेष्टर सिटीले बोर्नमाउथको पोष्टमा पाँच गोल गरेको छ ।

प्रिमियर लिग फुटबलमा शनिबार राति भएको खेलमा लिग लिडर म्यानचेष्टर सिटीले बोर्नमाउथलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । चोटका कारण स्टार स्ट्राइकर सर्जिओ एग्युरो मैदान बाहिर रहेको खेलमा सिटीका स्टर्लिङ र बोनी चम्किए ।

घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले सातौं मिनेटमा स्टर्लिङको गोलबाट अग्रता लियो । ११ औं मिनेटमा बोनीले गोल गर्दै अग्रता दोब्बर पारे ।

बोर्नमाउथका लागि २२ औं मिनेटमा मुर्रेले गोल गरे । त्यसको सात मिनेटपछि नै स्टर्लिङले दोस्रो गोल गरे भने पहिलो हाफको अन्तिम मिनेटमा हृयाट्रिक पुरा गरे ।

खेलको ८९ औैं मिनेटमा बोनीले व्यक्तिगत दोस्रो गोल गर्दै म्यानचेष्टर सिटीलाई ५-१ को फराकिलो जित दिलाए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय