+

भारतविरुद्धको तेस्रो वन डेमा दक्षिण अफ्रिका विजयी

२०७२ कात्तिक  २ गते ८:४९ २०७२ कात्तिक २ गते ८:४९
भारतविरुद्धको तेस्रो वन डेमा दक्षिण अफ्रिका विजयी

Morne Morkel

२ कात्तिक, काठमाडौं । भारतविरुद्धको तेस्रो एकदिवसीय क्रिकेट दक्षिण अफ्रिकाले १८ रनले जित गरेको छ । यससँगै पाँच म्याचको सिरिजमा दक्षिण अफ्रिकाले २-१ को अग्रता लिएको छ ।

राजकोटमा भएको खेलमा जितका लागि भारतले २७१ रनको लक्ष्य पाएको थियो । तर, ५० ओभरमा ६ विकेट गुमाएर २५२ रन मात्र बनाउन सक्यो ।

भारतको पारीको सुरुवात रोहित शर्मा र शिखर धवनले गरे । धवन १३ रन बनाएर आउट भए । तर, रोहित शर्माले राम्रो पारी खेले भने विराट कोहलीले उनलाई साथ दिए । रोहितले ७४ बलमा ६५ रन बनाए ।

रोहित आउट भएपछि विराट र कप्तान महेन्द्र सिंह धोनीले भारतीय पारी सम्हाले । तर, मोर्कलले धोनीलाई अर्धशतक बनाउन दिएनन् र ४७ रनमा आउट गरे ।

सुरेश रैना शुन्यमै आउट भए । मोर्केलले तेस्रो विकेट लिँदै कोहलीलाई पनि ७७ रनमै आउट गरे ।

जतिबेला भारतको स्कोर ५ विकेटको क्षतिमा २१६ रन थियो र ४ ओभरको खेल बाँकी थियो । तर, घातक बलिङ गरेका मार्केलले अजिन्क्या रहाणेलाई पनि ४ रनमै आउट गरे ।

क्विन्टन डि ककको शानदार शतक

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ७ विकेट गुमाएर २७० रन बनाएको थियो ।

ओपनर क्विन्टन डि ककले डेभिड मिलरसँग ७२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । मिलर ४१ बलमा ३३ रन बनाएर आउट भए ।

त्यसपछि आएका हाशिम अमला मात्र ५ रनमा आउट भए । अमित मिश्राको बलमा धोनीले स्टम्प आउट गरे । फाफ डुप्लिेसिसले आकर्षक पारी खेल्दै अर्धशतक पुरा गरे । उनी ६० रन बनाएमा मोहित शर्मामो बलमा आउट भए ।

क्विन्टन डि ककले शानदार शतक हाने । ४० औं ओभरमा १०३ रन बनाएर उनी आउट भए । त्यसबेला दक्षिण अफ्रिकाले ४ विकेटको क्षतिमा २१० रन बनाएको थियो ।

त्यसपछिका ब्याट्सम्यान खासै जम्न सकेनन् । र, ५० ओभरमा ७ विकेट गुमाएर २७० रन बनायो ।

भारतका मोहित शर्माले २ तथा हरभजन सिंह, अमित मिश्रा र अक्षर पटेलले १-१ विकेट लिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय