२ कार्तिक, काठमाडौं । विनोद भण्डारी, प्रदिप ऐरी र सिद्धान्त लोहनी युएई भ्रमणका लागि छनोट हुन असफल भएका छन् । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत पपुवा न्यूगिनीसँग खेल्न नेपाली क्रिकेट टीम अर्को महिना यूएई जानेछ ।
भ्रमणका क्रममा नेपालले पाकिस्तानसँग वान डे खेल्नुका साथै हङकङसँग टु डे र ओमानसँग एक दिवसीय खेल पनि खेल्नेछ । यस्तै विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत पपुवा न्यूगिनीसँग दुई खेल खेल्नेछ ।
यूएई टुरका लागि नेपाल क्रिकेट संघ क्यानले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । सुपर लिगमा गरेको प्रदर्शनका आधारमा छनोट समितिले २० खेलाडी छनोट गरेको क्यानले जनाएको छ ।
यो पटक विनोद भण्डारी, प्रदिप ऐरी, भूवन कार्की र सिद्धान्त लोहनी प्रारम्भीक टीममा पर्न असफल भएका छन् । यस्तै अभिनाष कर्ण र भुवन कार्मी पनि अटाएनन् ।
प्रारम्भीकटोलीमा नयाँ अनुहारका रुपमा विक्रम सोब, सन्दिप लामिछाने, इर्शाद अहमद, दिलप नाथ र यज्ञमान कुमाल छन् । नरेश बुढायर र सुवास खकुरेल दुबैले कमब्याक गरेका छन् ।
टीममा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेसवाकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, अनिल मण्डल छन् । यस्तै सुवास खकुरेल, राजेश पुलामी मगर, पृथु बास्केटा, सागर पुन, करण केसी, मेहबुब आलम, महेश क्षेत्र, र नेरश बुढायर छन् ।
२० खेलाडीबाट १४ सदस्यी टीम र चार बैकल्पिक खेलाडी छनोट गरिनेछ । नेपाली टीम अर्को महिना यूएई जानेछ ।
प्रतिक्रिया 4