८ कात्तिक, कञ्चनपुर । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा कञ्चनपुरको बेलौरी नगरपालिका– ९ का बिन्दर रानालाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ ।
बालिकाका आफन्तले इलाका प्रहरी कार्यालय बेलौरीमा रानाविरुद्ध उजुरी दिएपछि पक्राउ गरिएको हो । शुक्रबार राति रानाले बालिकालाई ललाइफकाई जबर्जस्ती करणी गरेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक युवराज भण्डारीले बताए ।
उजुरीका आधारमा रानालाई पक्राउ गरी आवश्यक अनुसन्धानको कार्य भइरहेको उनले बताए ।
पीडित बालिकाको महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य परीक्षणको विवरण आएपछि रानामाथि थप अनुसन्धान गरिने बताइएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4