Comments Add Comment

मधेसी मोर्चाका जायज माग सम्वोधन गर्न चुरे भावरको माग

Badriprasad Neupane, Presedent, Chure-Bhawar

१२ कात्तिक, काठमाडौं । चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले विगतका सहमति कार्यान्वयन गर्न सरकार उदासिन भएको भन्दै कडा आन्दोलन थाल्ने चेतावनी दिएको छ । चुरे भावरले मधेसी मोर्चाका जायज र न्यायोचित माग सम्वोधन गर्ने प्रक्रिया अघि बढाउन पनि सरकार तथा सत्तारुढ दलहरुलाई आग्रह पनि गरेको छ ।

चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष बद्री न्यौपानेले अनलाइनखबरसँग भने, ‘सरकारले हामीसँग विगतमा गरेका तीन बुँदे, पाँच बुँदे र नौ बुँदे सम्झौता कार्यान्वयनमा चासो देखाएको छैन । हाम्रो पार्टीले प्रमुख रुपमा उठाएको र सम्झौतामा उल्लेख रहेको चुरे भावर प्रदेशलाई पनि कार्यान्वयन गर्नुपर्दछ । अन्यथा कडा आन्दोलन गर्न बाध्य हुन्छौं ।’ उनले आफूहरुको संयमता र मौनतालाई कमजोरी नठान्न पनि चेतावनी दिए ।

यसैबीच, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले झण्डै अढाई महिनादेखि गरिरहेको नाकाबन्दी र आन्दोलनले नेपालीहरुको जनजीवन दिन प्रतिदिन कष्टकर बन्दै गइरहेको भन्दै समस्या समाधानका लागि गम्भीरतापूर्वक पहलकदमी लिन सरकार र सत्तारुढ दलहरुलाई आग्रह गरेको छ । अध्यक्ष न्यौपानेले विहीबार निकालेको विज्ञप्तिमा मोर्चाका जायज र न्यायोचित माग सम्वोधन गर्ने प्रक्रिया अविलम्ब सुरु गरी समस्याको समाधान गर्नुपर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment