+
+
Shares

सुदूरपश्चिम सरकारको बजेट पारित

सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित भएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते १९:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको बहिष्कारबीच प्रदेशसभा बैठकले बहुमतका आधारमा पारित गरेको छ।

२७ असोज, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित भएको छ। विवाद चर्किएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारबीच बसेको प्रदेशसभा ब‌ैठकले बहुमतको आधारमा बजेट पारित गरेको हो।

बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षीसँग आवश्यक समन्वय नगरेको भन्दै सदन बहिष्कारको निर्णय गरिएको नेपाली कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले बताए।

कांग्रेसको बहिष्कारका बीच भएको छलफलपछि बजेट पारित गरिएको हो। यसैबीच, बजेट विवाद समाधान गर्न सत्तारूढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र बजेट संशोधन तथा छानबिन गर्ने सहमति भएको छ । नेकपाले संसदीय छानबिन समिति गठन गर्ने र कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने सहमति गरेको हो ।

आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?