२५ जेठ, धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश सरकारमा रहेका मन्त्री फेरबदल नगर्न निर्देशन दिएपछि विरोध भएको छ ।
असन्तुष्ट समूहले सोमबार धनगढीस्थित एमाले संसदीय दलको कार्यालयमा नाराबाजी, तोडफोड र पार्टीकाे प्रदेश कार्यालयमा तालाबन्दी गरेका छन् । नाराबाजीकर्ताहरूले संसदीय दलका नेता राजेन्द्रसिंह रावलको विरुद्ध नारा लगाएका छन् ।
संसदीय दलको कार्यालयमै ‘राजेन्द्र रावल’ मुर्दावाद भन्दै नारा लागेको छ ।
सोमबार दिउँसो मन्त्री फेरबदलको विषयमा संसदीय दलको बैठक बसिरहेको थियो । त्यही बेला अध्यक्ष ओलीले संसदीय दलका नेता रावलसँग टेलिफोनमा कुराकानी गर्दै तत्काल मन्त्री नफेर्न निर्देशन दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4