+
+
Shares

सुदूरपश्चिममा एमालेले टुंग्यायो मन्त्री बन्ने सांसदको नाम

एमालेले उपनेता सन्तोष कुमारी शर्मा थापाको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १३:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टको नेतृत्वमा नेकपा एमालेले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ।
  • एमाले संसदीय दलले सन्तोष कुमारी शर्मा थापाको नेतृत्वमा चक्रबहादुर मल्ल, दमनबहादुर भण्डारी र जानकी ऐर बमलाई मन्त्री बनाउने निर्णय गरेको छ।
  • मुख्यमन्त्री भट्टले आज दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ लिने र लगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने कार्यसूची रहेको छ।

२९ साउन, धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्ट नेतृत्वको सरकारमा आफ्नातर्फबाट पठाउने मन्त्रीको नाम टुंगो लगाएको छ। एमालेले उपनेता सन्तोष कुमारी शर्मा थापाको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको छ।

शुक्रबार दिउँसो बसेको संसदीय दलको बैठकले शर्मासहित सरकारमा चक्रबहादुर मल्ल, दमनबहादुर भण्डारी र जानकी ऐर बमलाई पठाउने निर्णय गरेको हो।

एक सांसदकाअनुसार एमालेको भागमा परेको आर्थिक मामिला मन्त्रीमा मल्ल, सामाजिक विकास मन्त्रालयमा शर्मा र भूमी व्यवस्था कृषि तथा सहकारी वा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी भण्डारीले पाउनेछन्।

बमलाई भने राज्यमन्त्री बनाउने तयारी छ । प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार बिहान नेकपा संसदीय दलका नेता खगराज भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

आज दिउँसो ३ बजे उनले पद तथा गोपनीयताको शपथ लिने कार्यसूची छ।मुख्यमन्त्रीको शपथ ग्रहणलगत्तै मन्त्रीपरिषद् विस्तार गर्ने तयारी छ। एमालेले मन्त्रीको टुंगो लगाए पनि नेकपामा भने छलफल जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?