Comments Add Comment

चीनको स्पष्टीकरण : नेपाललाई आपतकालीन रुपमा तेल उपलब्ध गराइएको हो

Lu-Kang

१२ कात्तिक, काठमाडौं । चीन सरकारले नेपालमा तेलको अभाव भइरहेका बेला आपतकालीनरुपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउने निर्णय भएको स्पष्ट पारेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु खाङले आफ्नो नियमित पत्रकार भेटघाटमा बिहीबार स्पष्ट भनेका छन् कि नेपालमा भइरहेको तेलको कमीलाई पूर्ति गर्न चीनले आपतकालीन रुपमा तेल दिन लागेको हो ।

के चीनले नेपाललाई नियमितरुपमा तेल उपलब्ध गराउन लागेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा लु ले भने-‘नेपाली पक्षको अनुरोधअनुसार निश्चित मात्रामा आपतकालीन रुपमा तेलको समस्या टार्न चीन सरकारका तर्फबाट निर्णय भएको छ ।’

प्रवक्त लु ले यसबारे छलफल गर्न नेपाल टोली चीनमा आएको पत्रकार सम्मेलनमा बताए । उनले तेलको ब्यापारबारे छलफल भइरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment