+
+
Shares

पूर्वगृहराज्यमन्त्री कँडेलमाथि गोली हान्ने प्रयास, भारतीय सुटर पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १३ गते २१:३४

१३ कात्तिक, काठमाडौं । नवलपरासीमा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलमाथि गोली हान्ने प्रयास भएको छ । आक्रमणको प्रयास गर्ने दुई भारतीय पक्राउ परेका छन् ।

devendra-raj-kandel

कांग्रेस नवलपरासी सभापति समेत रहेका कँडेल शुक्रबार बडहरा दुवौलीया-३ मा गएका थिए । त्यस क्रममा उनीमाथि युपी ५३ ए ९८५६ नम्वरको भारतीय नम्बरको मोटरसाइकलमा आएका भारतीय सुटररुहरुले ६ राउण्ड लोड भएको रिभल्वरबाट गोली हान्ने प्रयास गरेका थिए ।

तर, गोली हान्नु अघि नै कँडेलका अंगरक्षकले उनीहरुलाई नियन्त्रणमा लिएको नवलपरासीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले जानकारी दिएका छन् ।

कँडेलका अंगरक्षक प्रहरी नायव निरीक्षक दिपक घिमिरेले स्थानियवासीको सहयोगमा हतियार खोसी दुवैजनालाई नियन्त्रणमा लिएका छन् ।

उपाध्यायका अनुुसार आक्रमण गर्न आएका दुई भारतीय नागरिक पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत महाराजगंज ठुटीवारी बस्ने ४२ बर्षीय उज्वल गड्ताैला र भारत राजावारी बस्ने ४२ बर्षीय योगेन्द्र पटेल छन् ।

भारतीय सुटरहरुले प्रयोग गरेको मोटरसाइकलमा स्थानियवासीले आगजनी गरेका छन् । उनीहरु अहिले प्रहरी नियन्त्रणमा छन् । उनीहरु कसको निर्देशनमा कँडेलमाथि आक्रमण गर्न आएका हुन् भन्ने खुलेको छैन । उनीहरुसँग सोधपुछ हुन बाँकी रहेको नवलपरासीका प्रहरी उपरीक्षक उपाध्यायले जानकारी दिए ।

भारतीय सुटरहरुको साथबाट घरमै बनाएको जस्तो देखिने एक थान रिवल्भर, ६ थान गोली र ६० पत्ता लागू औषध डाइजापाम समेत बरामद भएको छ ।

प्रहरीका अनुसार कांग्रेस नवलपरासीका सभापति कँडल भने सुरक्षित छन् । माओवादी द्वन्द्वकालमा उनीमाथि राजधानीमै गोली प्रहार भएको थियो । मधेस आन्दोलनका बेला पनि उनको निवासमा आक्रमण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?