+
+
Shares

चितवनका सुकुमवासीसँग रवि : यो भोट बैंकको पसल सदाका लागि बन्द गर्छाैँ

सुकुमवासी समस्या समाधान गर्न सरकार बनाउनुपर्ने भएकाले ५ वर्षसम्म ढुक्कैले सरकार चलाउनेगरी रास्वपालाई मत दिन लामिछानेले आग्रह गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २४ गते १०:२०

२४ माघ, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सुकुमवासी समस्याको पसल सदाका लागि बन्द गर्ने दाबी गरेका छन् । शनिबार चितवन–२ मा रहेका सुकुमवासीसँग कुराकानी गर्दै लामिछानेले वास्तविक सुकुमवासी समस्याका लागि आफू लड्ने बताएका हुन् ।

सुकुमवासीका समस्या समाधान गर्दा आफूले मेरो वा अर्को पार्टीको नभन्ने पनि उनले प्रतिबद्धता जनाए । उनले भने, ‘आफ्नो पार्टीको कार्यकर्ता भए पाउने, नभए नपाउने बनाएर होइन । कानुनले जे भन्छ त्यहीँ ।’ यदि गलत तरिकाले गरिएको भए कानुन सच्याएर भए पनि पाउनुपर्ने मान्छेलाई जग्गा दिइने उनले बताए ।

‘पाउनुपर्ने मान्छेलाई दिएर यो(सुकुम्बासी समस्या)को पसल, भोट बैंकको पसललाई सदाका लागि बन्द गर्ने वचन मैले हिजो पनि दिएको छु,’ लामिछानेले भने,‘यो चुनावी सभा नभएको हुनाले पार्टीको वाचापत्रमा लेखेर स्पष्ट ढंगले समाधान गर्छौँ ।’

सुकुमवासी समस्या समाधान गर्न सरकार बनाउनुपर्ने भएकाले ५ वर्षसम्म ढुक्कैले सरकार चलाउनेगरी रास्वपालाई मत दिन लामिछानेले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?