१५ कात्तिक, नेपालगन्ज । नेपाल-भारत सीमा क्षेत्रमा मधेसी मोर्चाले अवरोध गर्नेबित्तिकै भारत, बहराइच जिल्लाको रुपैडियानिवासी शिवनाथ अचेल त्यहाँ पुगिहाल्छन् ।
नेपालमा मधेसी समुदायले अधिकार पाए आफूलाई पनि फाइदा मिल्ने आशा उनमा छ । त्यसैले मोर्चा कार्यकर्तासँग मिसिएर नाका अवरोध गर्न र भारतीय भूमिबाट नेपालगन्जतर्फ ढुंगा हान्न तल्लीन छन् । शनिबार पनि २६ वर्षका नाथ रुमालले मुख छोपेर आन्दोलनमा सहभागी भएको नागरिकमा खबर छ ।
सीमा ओहोर-दोहोर गर्ने सवारीसाधनलाई प्रहरीले गन्तव्यमा पठाउँदा शिवनाथको समूहले कयौं पटक ढुंगा हान्ने प्रयास गरेको थियो ।
‘आफ्नौ समय मिलाएर आन्दोलनमा सहभागी हुन आउँछु’ उनले भने, ‘नेपालका मधेसीले अधिकार नपाउँदा हामीलाई दुःख लाग्छ ।’ मधेसी मोर्चाले नाकामा पुगेर आन्दोलन गर्न थालेयता रुपैडिहाका अरु व्यक्ति पनि नियमित रुपमा सहभागी हुने गरेको उनले बताए ।
प्रतिक्रिया 4