२८ कात्तिक, काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा भएको आतंककारी आक्रमणमा परी एक सय २८ को मत्यु भएको छ । घटनाको चरमपन्थी संगठन इस्लामिक स्टेटले जिम्मेवारी लिएको छ ।
शुक्रबार राति फ्रान्सको राजधानीका विभिन्न स्थानमा अन्धाधुन्द गोलाबारी र विस्फोट भएको थियो । यो आक्रमणलाई विश्वयुद्ध पछिकै सबैभन्दा ठूलो आक्रमण मानिएको छ ।
घटना लगतै फ्रान्सले राष्ट्रिय आपतकालको घोषणा गरेको छ । देशका सबै सीमाहरु बन्द गरिएको छ भने मानिसहरुलाई घर बाहिर ननिस्कन भनिएको छ ।
फ्रान्स पुलिसका अनुसार बन्धुकधारीहरुले मध्य पेरिसको बाटाकालान कन्सर्ट हलमा मात्र ८० बढीको हत्या गरेका छन् । त्यहाँ बन्दुधकारीहरुले केहीलाई बन्धक समेत बनाएका थिए ।
प्रहरीले त्यहाँ आक्रमण गरेको छ । चार आक्रमणकारी मारिएका छन् । जसमा तीनको मृत्यु त्यसबेला भयो, जब उनीहरुले आत्मघाती विस्फोट गराए ।
फ्रान्सका राष्ट्रपति फ्रान्स्वा आलान्ड मन्त्रिमण्डलका केही सदस्यलाई लिएर घटनास्थल पुगेका छन् ।
आक्रमणको अर्को निशाना पेरिसको नेशनल स्टेडियम पनि थियो, जहाँ डियमा फ्रान्स र जर्मनीबीच मैत्रिपूर्ण फुटबल खेल भइरहेको थियो ।
खेल चलिरहेको बेला स्टेडियम बाहिर लगातार तीन विस्फोट भएको थियो । आत्मघाती मानिएको विस्फोटपछि दर्शकहरु आत्तिएर मैदानभित्र प्रवेश गरेका थिए ।
खेल हेर्न फ्रान्सका राष्ट्रपति फ्रान्स्वा ओलान्ड पनि रंगशालामा पुगेका थिए । विस्फोटपछि सुरक्षाकर्मीले उनलाई सुरक्षित रुपमा बाहिर लगेको छ ।
अर्को आक्रमण रेष्टुराँ पेटाइट कँबोज नजिक भएको थियो । एक बन्धुकधारी रेष्टुराँ भित्र प्रवेश गरेर अन्धाधुन्द गोली चलाएका थिए ।
आक्रमणको यो घटना पेरिसको स्थानीय समय अनुसार रातको करिव नौ बजे भएको थियो ।
यो पनि पढ्नुहोस्
प्रतिक्रिया 4