बलिउड नायक आमिर खान आफ्नो नयाँ चलचित्र ‘दंगाल’को छायांकनका क्रममा घाइते भएका छन् । चलचित्रको छायांकन हाल लुधियानामा भैरहेको छ । चलचित्रको एक्सन दृश्य छायांकनका क्रममा उनी घाइते भएका हुन् ।
आमिर घाइते भएपछि उनलाई निर्देशकले २ दिनका लागि आराम गर्ने सल्लाहा दिएका छन् । जसकाकारण पनि चलचित्रको छायांकन २ दिनका लागि स्थगित गरिएको छ ।
आमिर दिनरात नभनी चलचित्रको छायांकन गरिरहेका छन्, जसका कारण पनि उनी केही कमजोर बनेको बताइएको छ । यो चलचित्र हरियाणाका पहलवान महाविर सिंह फोगटको जीवनमा आधारित छ । चलचित्रको छायांकन लुधियाना, गुज्जरवाल, डांगो, लील, नारंगवाल, किला गाउँ लगायतका स्थानमा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4