फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- मौसमको प्रतिकूलताका कारण बीपी राजमार्गको काभ्रे तर्फको सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ।
- ठूलो पानी परेकाले रोशी खोलाको जलस्तर बढेको र बाढीको सम्भावना भएकाले जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले बन्द गरिएको बताए।
- सडकको अवस्थाबारे जानकारीका लागि सर्वसाधारणले १०० र १०३ नम्बरमा सम्पर्क गर्न सक्नेछन्।
१७ चैत, काभ्रेपलाञ्चोक । मौसमको प्रतिकूलताका कारण बीपी राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ ।
ठूलो पानी परिरहेका कारणले रोशी खोलामा पानीको सतह बढ्न गएको हुँदा सम्भावित जोखिमलाई मध्य नजर गर्दै तत्कालका लागि बीपी राजमार्गको काभ्रे तर्फको सडकखण्डमा हुने सम्पूर्ण किसिमको आवागमनलाई बन्द गरिएको जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।
‘लगातार परेको वर्षाले रोशी खोलाको जलस्तर उच्च रूपमा बढेको र बाढी आउने सम्भावनाका कारण तत्कालको लागि बीपी राजमार्गको काभ्रे तर्फको सडकखण्ड बन्द गरिएको छ,’ एसपी शाहले भने ।
सडकको पछिल्लो अवस्थाबारे जानकारी लिनका लागि सर्वसाधारणले १०० (नेपाल प्रहरी) र १०३ (ट्राफिक प्रहरी) मा सम्पर्क गर्न सक्नेछन्।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4