Comments Add Comment

मन्त्रीहरुलाई साझा बस चढेर सिंहदरवार जान प्रस्ताव

Sajha-Yatyat

३० कात्तिक, काठमाडौं । साझा यातायात सञ्चालक समितिले मन्त्रीहरुलाई साझा बस चढेर मन्त्रालय र क्वाटर आवतजावत गर्न प्रस्ताव गरेको छ ।

भारतको अघाषित नाकाबन्दीका कारण इन्धनको चरम अभाव भइरहेका बेला साझाले मन्त्रीहरुले समेत सार्वजनिक सवारी प्रयोगको प्रस्ताव अघि सारेको हो ।

सञ्चालक समितिका अध्यक्ष कनकमणि दीक्षितले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेर मन्त्रीहरु सिंहदरवार र क्वाटर आउजाउकमा साझा बस प्रयोग आग्रह गरेका हुन् । दीक्षितले अनलाइनखबरसँग भने-ब’जाने आउने चाहिँ मन्त्रीहरु सामूहिक रुपमा सिंहदरवार जाने हो भने त्यसले इन्धन पनि बच्छ र एउटा सन्देश पनि दिन्छ भन्ने लागेर प्रधानमन्त्रीलाई पत्र लेखेका हौं ।’

मन्त्रीहरुको क्वाटर पुल्चोकमा छ । साझा बसको डिपो पनि त्यही छ । मन्त्रीहरु चढ्ने हो भने साझाले दुई बटा बस विहान ८ बजे र बेलुकी ४ बजेको समयमा सञ्चालन गर्ने साझाको प्रस्ताव छ ।

मन्त्रीहरुले साझा बस चढे मन्त्रीका साथै सुरक्षाकर्मीको गाडीमा प्रयोग हुने तेल बच्नेछ । दीक्षितले भने-‘हामीले आफ्नो तर्फबाट प्रस्ताव राखेका हौं । कुनै कुराकानी भएको छैन । के हुन्छ थाहा छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment