Comments Add Comment

बाबुरामले भने-मधेस आन्दोलन अराजकतातिर जाने डरलाग्दो संकेत देखियो

Baburam-Bhattrai

५ मंसिर, काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तराई मधेसमा जारी आन्दोलन आन्दोलनकारीको हातबाट फुत्कँदै गएको बताएका छन् ।

शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले वार्ता र सम्वादबाटै मधेसको समस्या समाधान गर्नु पर्ने बताए । रोग एकतातिर छ अर्कोतिर उपचार गरेर हनु भन्दै उनले भने-‘छठपछि वार्ता अघि बढ्नुको सट्टा गतिरोध देखिएको छ । तराई मधेसको आन्दोलन आन्दोलनकारी शक्तिको हातमा नरहने र अराजकतातिर जाने डरलाग्दो संकेत देखिएको छ ।’

एम्बेलुन्समा तोडफोड गर्ने, औषधि जलाउने काम राजनीतिक आन्दोलनकारीबाट हुन नसक्ने उनको निष्कर्ष छ । ‘यसले के देआउँछ भने आन्दोलनकारीको हातबाट यो फुत्कँदैछ र अराजक तत्वको हातमा जाने खतरा छ’ पूर्व प्रधानमन्त्री भट्टराईले भने-‘आरोप प्रत्यारोप होइन । हामी सबैले आ-आफ्नो गल्ती स्वीकार गरौं र गम्भीरतापूवर्क वार्तामा बसौं ।’

वार्ताको पहल सरकार र सरकारमा रहेका दलहरुले लिनु पर्ने भन्दै उनले सहयोग आफू तयार रहेको बताए । सचेत नागरिकको हैसियतमा आफू सत्तारुढ र आन्दोलनरकारी दुबै पक्षसँग सम्वादमा रहेको भन्दै भट्टराईले भने-‘यो हाम्रो देशको आफ्नो समस्या हो र आफैंले हल गर्नुपर्छ । त्यसका निम्ति म जुनसुकै भूमिका निर्वाह गर्न, सहयोग गर्न म तयार छु ।’

भट्टराईले संविधान जारी गर्ने बेलामा नै आफूले सचेत गराएको तर, ठूला नेताहरुले नसुनेको गुनासो गरे । संविधान कुनै एक पक्षले भने जस्तो नहुने भएपनि समानुपातिक प्रतिनिधित्व, जनसंख्याका आधारमा प्रतिनिधित्व र संघीय प्रदेशको सीमांकन विगतका सहमति भन्दा फरक भएको उनले बताए ।

सानो निहुँबाट सुरु भएको आन्दोलन कति विकराल हुन्छ भन्ने माओवादी जनयुद्धले देखाएको तर, यो पटक पनि आन्दोलनकारीलाई सानो भनेर हेप्दा अहिले अफ्ठ्यारो परिस्थिति आएको बताए । भट्टराईले भने-‘दलहरुमा यस्तो अल्पदृष्टि देखियो कि आफ्नो चुनावी स्वार्थका कारणले गर्दा सामान्य सम्बोधन गर्न सक्ने कुरामा पनि ध्यान गएन ।’

‘हामी देशभक्त हौं, अन्ध राष्ट्रवादी होइन’

पूर्व प्रधानमन्त्री भट्टराईले मधेस आन्दोलनलाई निहु बनाएर भारतले गरेको नाकाबन्दी बेठिक भएको बताए । सरकारले वार्ता र सम्वादबाट समाधान खोज्नुपर्ने भन्दै उनले वाकयुद्ध गरेर समाधान नहुने बताए ।

भट्टराईले आफू अन्ध राष्ट्रवादी नभए देशभक्त भएको बताए । ‘हामी देशभक्त हौं देशको माया छ’ उनले भने-‘सत्तामा बस्नेहरुले अन्धराष्ट्रवादी भावना प्रचार गरेर आफ्नो स्वार्थका पूर्ति गर्ने गर्छन् । तर, जनता देशभक्ति चाहन्छन् । हामी देशभक्त हौं, अन्ध राष्ट्रवादी होइन ।’

मधेसको समस्या नेपालको अन्तरिम भएकाले त्यसको समाधान नेपालीहरुले नै गर्नु पनेए उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment