Comments Add Comment

यू-१९ विश्वकपमा छनोट क्रिकेट टोलीलाई क्यानले नगदसहित सम्मान गर्ने

Nepal-U-19
६ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले एसीसी यू-१९ विश्वकप छनोटको विजेता टोलीलाई नगदसहित सम्मान गर्ने भएको छ ।

क्यानको आइतबार सम्पन्न बैठकले टोलीका प्रत्येक सदस्यलाई जनही ५० हजार दिने निर्णय गरेको हो । साथै प्रशिक्षक जगत टमाटालाई दुई महिनाको विशेष सुविधा गरी ५० हजार नै दिने निर्णय गरेको छ ।

केही समयअघि मलेसियामा भएको यू-१९ विश्वकप छनोटमा आयरल्याण्डलाई पराजित गर्दै नेपाल च्याम्पियन बनेको थियो ।

क्यानले अर्को वर्ष बंगलादेशमा हुने यू-१९ विश्वकपलाई लक्षित गरी डवल राउण्ड रोविन लिग म्याच गराउने भएको छ ।

विश्वकप छनोट खेलका १४ र वैकल्पिक चारसहित १८ खेलाडी र प्रत्येक क्षेत्रबाट उत्कृष्ट खेलाडीहरु समावेश गरी ३ टीम बनाइने उसले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment