Comments Add Comment

थापामाथिको प्रतिवन्ध र एन्फा विवादबारे छानविन गर्न समिति बन्ने

Satyanarayan mandal with keshab bista

७ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाको प्रतिवन्ध र एन्फाको आन्तरिक विवादबारे छानविन गर्न राष्ट्रिय खेलकुद परिषद् -राखेप) ले समिति गठन गर्ने भएको छ ।

राखेप सदस्य-सचिव केशवकुमार विष्ट, एएफसीका अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारी पुरुषोत्तम कट्टेल, खेलकुदमन्त्री सत्यनारायण मण्डल, एन्फा महासचिव धिरेन्द्र प्रधानबीच सोमबार छलफल भएको छ । छलफमा सदस्य-सचिव विष्ट आफैले छानविन समिति गठनको प्रस्ताव गरेका थिए ।

प्रस्तावलाई भेटमा सहभागी सबैले समर्थन जनाएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् ।  दाहालका अनुसार केहि दिन भित्रै समिति बन्ने छ ।

समितिले थापामाथि इथिक्स कमिटीले लगाएको प्रतिबन्ध र जरिवाना, म्याच फिक्सिङ प्रकरण, यु- १६ च्याम्पियनसिपमा बढी उमेरका खेलाडी सहभागी गराएको, संघ विधि सम्मत चले/नचलेको, असन्तुष्ट पक्षको निष्कासन, नरेन्द्र श्रेष्ठलाई कार्यावाहक अध्यक्ष बनाइएकोलगायतका विषयमा छानविन गर्नेछ ।

सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा भएको भेटमा थापाको आर्थिक अनियमितताका विषयमा जुन जुन निकायले छानविन गरिरहेको छ त्यसैलाई जिम्मेवारी दिने तथा एन्फालाई दीर्घकालीन रुपमा असर गर्ने नीतिगत निर्णय नगर्न सहमति भएको सदस्य-सचिव विष्टले बताएका छन् ।

क्यालेन्डर अनुसारको प्रतियोगिता सञ्चालन गर्न भने एन्फालाई रोक नलगाइने दाहालले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment