Comments Add Comment

संविधान संशोधन एकमात्र विकल्प: भारतीय राजदूत

Ranjit-Raya

८ मंसिर, काठमाडौं । नेपालका लागि भारतीय राजदूत रणजीत रायले मधेस आन्दोलन समाधानको एकमात्र विकल्प संविधान संशोधन भएको बताएका छन् ।

नेपाल-भारत मैत्री समाजले मंगलबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा भारतीय राजदूत रायले भने-‘मलाई लाग्छ, तपाईको संविधानमा लचकता छ र सबै नेताहरुले संविधान संशोधनको अधिक सम्भावना रहेको बताएका छन् । यही एक विकल्प हो ।’

मधेसको समस्या राजनीतिक भएको भन्दै राजदूत रायले भने-‘यसको समाधान राजनीतिकरुपमै गर्नुपर्छ, अर्को कुनै विकल्प छैन । समाधान हुन जरुरी छ र छिट्टै समाधान हुनुपर्छ । जति लम्बिन्छ, त्यति नै गाह्रो हुन्छ ।’

राजदूत रायले तीन महिनाभन्दा लामो समयदेखि आन्दोलन हुनु र आन्दोलनमा दिनैपिच्छे सहभागिता बढ्नुलाई हल्का रुपमा लिन नहुने बताए ।

नयाँ संविधानमा आफ्ना भावना नसमेटिएका कारण मधेसवादी दल र थारु समुदायले आन्दोलनमा उत्रिएको भन्दै राजदूत रायले आन्दोलन अन्त्यका लागि सहयोग गर्न भारत तयार रहेको बताएका छन् ।

भिडियो

कार्यक्रममा नागरिक समाजका अगुवाहरुले मधेस आन्दोलन नेपालको आन्तरिक समस्या भएकाले आन्तरिक समस्या समाधानप्रति गम्भीर हुन प्रमुख दलहरुलाई आग्रह गरे ।

कार्यक्रममा लोकराज बराल, दमननाथ ढुंगाना र डा. सुन्दरमणि दीक्षितले तराई मधेसको आन्दोलन नेपालको आन्तरिम समस्या भएकाले आफैंले समाधान गर्नुपर्ने बताए ।

कार्यक्रममा अर्थशास्त्री प्रा. डा. मदनकुमार दाहालले मधेसवादी दलहरुको अवरोध नरहेका नाकाबाट इन्धन नआएको भन्दै नेपालको पारवहन अधिकारमाथि हस्तक्षेप नगर्न र आपूर्ति सहज बनाउन भारतलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment