Comments Add Comment

एनआरएनले सुरु गर्‍यो अन्तराष्ट्रिय अभियान- हामीलाई जस्तो तिमीलाई नपरोस्

facebook-page-cover-size
फेसबुक टाइमलाइन तस्विर

८ मंसिर, काठमाडौं । गैरआवासीय नेपाली संघले नाकाबन्दीका कारण नेपालमा उत्पन्न मानवीय संकटबारे बिश्व जगतलाई जानकारी दिन र सहयोगका लागि घच्घच्याउन प्रचार अभियान थालेको छ ।
मंगलबारदेखि सुरु यो अभियानमा एनआरएनले नाकाबन्दीका कारण सिर्जना भएको मानवीय संकटका बिभिन्न पक्षबारे उजागर गरेको छ ।
‘नेपाल होप्स दीस डजनट हेपेन टु यु’ अर्थात नेपाल चाहान्छ हामीलाई जस्तो (बिपत) तिमीलाई नपरोस्’ शीर्षकको यो अभियानमा शिक्षा, स्वास्थ्य, यातायात, आर्थिक गतिबिधि, पुनःनिर्माण र रोजगारीका क्षेत्रमा कसरी नाकाबन्दीले असर गरेकेा छ भन्ने सन्देश अन्तराष्ट्रिय जगतलाई दिन खोजिएको छ ।

Sesh-Ghale
‘नेपालमा यति ठूलो बिपत पर्दा पनि अपेक्षाकृत अन्तराष्ट्रिय समुदाय सक्रिय बन्न सकेको छैन’ अध्यक्ष घलेले क्याम्पेनको उदेश्यबारे भने-‘नेपालीहरु यस्तो बिपतमा छन, तिमीहरु बोल, सहयोग गर र नाकाबन्दी खुलाउन दबाब देउ भन्ने सन्देश दिन यो क्याम्पेन थालिएको हो ।’
संघले बिभिन्न देशमा आयोजना बिरोध र्‍यालीमा यी पोष्टरहरु प्रयोग गरिने छन् । यसैगरी संसारभरी छरिएर रहेका गैरआवासीय नेपालीहरुले सामाजिक संजालमार्फत् मानवीय संकट र दुरावस्थाबारे बिश्व समुदायलाई जानकारी दिनेछन् ।
यो अभियानमा सहभागी हुन #Nepalhopes ह्यासट्यागमा बिभिन्न तस्वीर, पोष्टर र सन्देशहरु लेखेर आवाज उठाउन सकिने छ ।
भूकम्पका बेला नेपालका भत्किाएका घरका दर्दनाक तस्वीर छाप्ने अन्तराष्ट्रिय मिडियाहरुले नाकाबन्दीका कारण त्योभन्दा ठूलो संकट उत्पन्न हुँदा पनि नेपालको संकटबारे खुलेर बोल्न सकिरहेका छैनन् ।
‘हामीले अन्तराष्ट्रिय मानवीय सहायत संस्थाहरुलाई नेपालतिर आँखा लगाउन प्रेरित गर्ने उदेश्यले यो अभियान सुरु गरेका हौं’ अध्यक्ष घलेले भने-‘नाकाबन्दी खेप्न बाध्य निर्दोष नेपाली जनताको दुःख र कष्टलाई अन्तराष्ट्रियस्तरमा पुर्‍याउन बैकल्पिका बाटो अपनाउन खोजेका हौं ।’

fb-profile-pic
फेसबुक प्रोफाइल तस्वीर

Nrn-campaign-1

Nrn-campaign-2

Nrn-campaign-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment