Comments Add Comment

‘गैंडा’को पारिश्रमिक अनाथ वालवालिकालाई

nirmal-sharmaकाठमाडौं । चलचित्र ‘चकलेट’ का निर्देशक निर्मल शर्मा ‘गैंडा’ले फिल्म निर्देशन वापतको बाँकी पारिश्रमिक वालवालिकाका लागि दिने भएका छन् ।

चकलेटकी निर्मात्री पूजना प्रधानले अहिले १८ अनाथ वालवालिकालाई आफ्नै प्रयासमा पाल्दै आएकी छिन् । तिनै अनाथ वालवालिकाका लागि घर बनाउने योजना छ उनको ।

‘मैले केही सहयोग गर्दा अनाथ वालवालिकाको भविष्य उज्जवल हुन्छ भने उनीहरुका लागि राम्रै हुन्छ भनेर बाँकी पारिश्रमिक नलिने निर्णय गरें ।’ उनले भने ।

फिल्ममा काम गरेवापत उनले १ लाख २१ हजार रुपैया लिन बाँकी छ । त्यो रकम अनाथ वालवालिकाको भवन निर्माणमा खर्च गरिने भएको छ ।
पूजना स्वयंले पनि फिल्मले लगानी उठाएपछि बाँकी नाफा भवन निर्माणमै लगाउने बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment