Comments Add Comment

भारतसँगको खुल्ला सीमा नियन्त्रण गर्न वैद्य माओवादीको माग

१० असोज, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले नेपाल भारतबीचको खुला सीमा नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।

kiranमाओवादी अध्यक्ष मोहन बैद्यले बिहीबार विज्ञप्ति जारी गर्दै केही दिनयता तराई मधेस र भारतसँगको सीमावर्ती क्षेत्रमा हिंसात्मक घटनाक्रम बढेको र यसबाट मुलुकको राष्ट्रिय स्वाधीनतामाथि गम्भीर समस्या पैदा भएको बताएका छन् ।

बैद्य माओवादीले सुनसरीको भान्टाबारीमा भारतीय सीमा सुरक्षा बलले नेपालीलाई गोली हानेको घटनाको भत्सर्ना गरेको छ । उसले घटनाको छानविन गरी दोषीमाथि कूटनीतिक माध्यममार्फत कडा कारबाही गर्न मागसमेत गरेको छ ।

बैद्य माओवादीले मधेस आन्दोलनका क्रममा सप्तरीमा सरकारले दमन गरेको भन्दै विरोध गरेको छ । घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न, घाइतेको उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गरेको छ ।

बैद्यले भनेका छन्-‘राज्यद्वारा तराई मधेसमा चलिरहेको प्रशासनिक दमन बन्द गरी संविधान सम्वन्धी राजनीतिक विषय सम्वाद तथा सहमतिबाट समाधान खोज्न आग्रह गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment