Comments Add Comment

बरुण चाहन्छन् साहरुखको ‘डर र बाजिगर’को रिमेकमा काम गर्न

srk-and-varun
बलिउड नायक बरुण धवन अहिले खुबै चर्चामा छन् । बरुणले अभिनय गरेको चलचित्र ‘दिलवाले’ डिसेम्बर १८ मा प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा नायक साहरुख खान र काजोल मुख्य भूमिकामा छन् ।

यो चलचित्रको नयाँ गीत ‘मनमा इमोशन जागे’ सार्वजनिक भएको छ । गीतमा बरुण र कृती सेननलाई फिचरिङ गरिएको छ । गीत सार्वजनिक कार्यक्रममा बरुणले आफूलाई साहरुख अभिनित २ चलचित्रको रिमेकमा काम गर्न मन लागेको बताए ।

उनले भने-‘मलाई साहरुखको डर र बाजिगर चलचित्रको रिमेकमा काम गर्न मन छ ।’ बरुणले आफूले धेरै रोमान्टिक भूमिका गरेको भन्दै अब केही बदलाका चलचित्र गर्न मन लागेको बताए ।

साहरुख खानबाट आफू धेरै प्रभावित रहेको बताउने वरुणले ‘दिलवाले’ पारिवारिक चलचित्र बनेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment