+
+
Shares

के प्रियंका डेटमा छिन् ?

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १३ गते १५:००

priyanka-chopra
भारतमा भन्दा अमेरिकामा नै समय विताइरहेकी बलिउड सुन्दरी प्रियंका चोपडा मुम्बइ आएकी छिन् । आफ्नो पहिलो अन्तरराष्ट्रिय टेलिभिजिन शो ‘क्वान्टिको’को छायांकनका लागि उनी अमेरिकामा नै छिन् । यो शोमा उनले दिएको हट दृश्यलाई मिडियाले राम्रै मसला बनाइरहेका छन् ।

तर, उनी अमेरिका जानुको कारण शोको सुटिङ मात्र नभएर डेटिङ पनि रहेको चर्चा बजारमा गर्माएको छ । अमेरिकाको लस एञ्जल्समा बस्दै आएका एक यूवकसँग उनी प्रेममा रहेको खबर बाहिरिएको छ । नायिका चोपडाका प्रेमी पापाराजीसँग खुबै लजाउने गरेको खबर समेत बाहिर आउको छ ।

यो बिषयमा मिडियासँग नायिकाले खुलेरै कुरा गरेकी छिन् । उनले आफूलाई कसैले यो प्रश्न गरिदिए हुन्थ्यो भन्ने लागेको पनि सुनाइन् । उनले भनिन्-‘कसैले त मलाई कोहीसँग जोडिदेउ न, मिडिया पनि दिकदार भएको अवस्था छ ।’

प्रियंकाले भनिन्-‘मैले सुने उ खुबै लजालु छ रे । यस्तो मान्छेसँग त म कुनै समय मिल्न चाहन्छु ।’ मिडियाले आफ्नो सम्बन्ध नै नभएको समयमा केटाको बानी ब्यहोरा समेत लेखेको भन्दै प्रियंकाले अचम्म मानिन् । तर, उनले आफूलाई केही गर्न सक्ने र नलजाउने यूवक चाहिएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?