+
+
Shares

४४ वर्षपछि जेलबाट निस्कँदा रनभूल्ल

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १४ गते ११:१६

maxresdefault

१४ मंसिर, काठमाडौं । ४४ वर्ष लामो जेल जीवन विताएर मुक्त भएका एक कैदीले बाहिरी दुनियाँमा आएको परिवर्तन देखेर नराम्रोसित जिल खाएका छन् । एक प्रहरी अधिकृतको हत्या प्रयास गरेपछि २५ वर्षको ठिटौलो उमेरमा जेल परेका ओटिस जोन्सन ६९ वर्षको वृद्धावस्थामा हालै मुक्त भएका छन् ।

जेलबाट निस्केपछि उनलाई अल जजिराको क्यामराले न्यूयोर्कमा निरन्तर पछ्यायो । घुम्ने क्रममा बजारमा देखेका खानेकुराका प्रकार, विचित्रका प्रविधी र वस्तुहरुको उच्च मूल्यले उनलाई रनभुल्ल बनायो । सडकमा हिड्ने अधिकांसले कानमा लगाएको एयरस्पेस देख्दा उनले आशंका गरे, सबै सिआइएका लागि काम गर्दा रहेछन् ।

सन् १९७० मा आफ्नो अपराध स्वीकार गर्दै जेल परेका ओटिसको सन् १९९८ देखि परिवारसित सम्पर्क समेत टुटेको थियो । उनी सम्झिरहेका छन् दुई भतिजीहरुलाई जो काका भनेपछि हुरुक्क हुन्थे ।

‘म आफ्नो परिवारको यादमा तड्पिरहेको छु,’ उनी भन्छन्, ‘त्यसमाथि ती केटाकेटी अहिले कस्ता भए होलान् भन्ने सोचाईले हरदम सताइरहेको छ ।’

maxresdefault 1

जेलबाट रिहा हुँदा उनलाई एउटा परिचयपत्र, ४० डलर र दुईवटा बसको टिकट दिइएको थियो । नितान्त एक्ला उनलाई जानु कतै थिएन । भाग्यवस फर्चुन सोसाइटी भन्ने एउटा गैरसरकारी संगठनको सम्पर्कमा पुगे जसले पूर्व कैदीहरुलाई हाउजिङ लगायतका सुविधाहरु प्रदान गर्दै आएको छ । अहिले उनी त्यहि संस्थाको सहारामा छन् । दिनभर बिन्दास भएर घुम्छन् र बेलुकी बास बस्न पुग्छन् ।

‘जेल बसाईले मलाई थोत्रो बनाइसकेको रहेछ,’ उनले भने, ‘बाहिरी दुनियाको लाइफस्टाइल मैले राम्रोसित बुझ्न पनि सकिनँ ।’

जेलबाट निस्कनासाथ उनी सब वेबाट म्यानह्याटनस्थित टाइम्स स्क्वायरमा पुगे । त्यहाँको सांस्कृतिक परिवर्त देखेर स्तब्ध भए ।

उनले सार्वजनिक फोन प्रयोग गर्न खोजे । त्यतिबेला २५ सेन्टमा चलाएको फोनमा चार मिनेट कुरा गर्न १ डलर तिर्नुपरो उनले । उनले बिस्तारै थाहा पाए कि मानिसहरुले सार्वजनिक फोन त प्रयोग गर्नै छोडेछन् ।

‘थुप्रै मानिसहरु एक्लै आफैंसित कुरा गरेर हिँडिरहेको देखेँ,’ जेलबाट निस्केपछि पहिलो प्रतिक्रिया दिँदै ओटिसले भने, ‘यसो नियालेर हेर्दा कानमा एक प्रकारको जिनिस ठेसेका हुँदा रैछन् ।’ उक्त ‘जिनिस’ देखेर ओटिसले आफ्नै किसिमको अड्कल काटे । ‘सिआइएका एजेन्ट होलान्,’ उनले सोचे, ‘नत्र किन कानमा तार झुण्ड्याएर हिँड्थे ।’

ओटिस भन्छन्, ‘मानिसहरु यताउति हेरेर हिँड्न छोडेछन् । सबै आआफ्नै धुनमा । फोनमा आँखा झुण्ड्याएर पनि कसरी बाटो पहिल्याएर हिँड्न सकेका होलान् ?’

प्रविधी मात्र होइन, उनलाई जिल्याउने कुराहरु अरु थुप्रै छन् । त्यसमध्ये एक हो खानेकुराका आइटम । उनी ठाउँ-ठाउँका रेस्टुरेन्टमा पसेर खानेकुराहरु चाख्दै हिँडेका छन् ।

ओटिस भन्छन्, ‘खाने कुरा कति हुन् कति । कुन चैं खाने भनेर अन्योल भएको अवस्था छ ।’ उनले पिनट बटरको उदाहरण दिँदै भने, ‘एउटै भाँडोमा पिनट पनि छ, जेली पनि छ, बटर पनि छ । मैले पहिले यस्तो देखेकै थिइनँ ।’

ओटिसले असहाय महिलाहरुका लागि एउटा आश्रयस्थल बनाउने योजना बनाएका छन् तर उनीसित पैसा छैन् । -एजेन्सीको सहयोगमा

maxresdefault 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?