Comments Add Comment

बालोन डि’ओरको अन्तिम तीनमा रोनाल्डो र मेस्सीसँगै नेयमार

ronaldo-messi-And-neymar

१४ मंसिर, काठमाडौं । फिफा बालोन डि’ओरको अन्तिम तीनमा क्रिष्टियानो रोनाल्डो र लिओनल मेस्सीसँगै नेयमार परेका छन् ।

फिफाले सोमबार फुटबलर अफ दि इयर अवार्डको अन्तिम तीनमा परेका खेलाडीहरुको सूची सार्वजनिक गरेको छ ।

जसमा रियल मड्रिडका रोनाल्डोसँगै बार्सिलोनाका मेस्सी र नेयमार छन् । बार्सिलोनाको अट्याकिङ ट्रिओका लुइस स्वरेज भने पर्न सकेनन् ।

बालोन डि’ओरको अन्तिम तीनमा मेस्सी र रोनाल्डो लगातार ८ वर्ष परेका छन् । पछिल्लो दुई वर्ष लगातार रोनाल्डोले बालोन डि’ओर जितेका थिए । उनले कुल तीन पटक यो अवार्ड जितेका छन् ।

मेस्सीले २००९ देखि ०१२ सम्म लगातार चार पटक यो अवार्ड जितेका छन् । दुई सिजन रोनाल्डोभन्दा पछि परेका उनी यो पटक भने प्रमुख दावेदार हुन् । गत सिजन बार्सिलोनाले च्याम्पियन्स लिग र ला लिगासँगै तीन उपाधि जितेको थियो ।

२३ खेलाडीहरुबाट अन्तिम तीनको सूची सार्वजनिक गरिएको हो । नेययारले यो अवार्ड जितेमा २००८ देखि कायम रहेको रोनाल्डो र मेस्सीको दबदबा तोडिनेछ । अवार्ड विजेता जनवरी ११ मा घोषणा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment