Comments Add Comment

मोदीले नेपालसँगको सम्वन्ध बिगारेः लालुप्रसाद

Lalu-Yadav

१४ मंसिर, काठमाडौं । भारतका पूर्वमन्त्री एवं राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको युगौंदेखिको सम्वन्ध विगारेको बताएका छन् ।

विहारमा हालै भएको विधानसभामा चुनावबाट महागठवन्धनले दुई तिहाइ बढी सिट जितेको थियो भने लालुको पार्टी सबैभन्दा ठुला दल बनेको छ । विहारमा नितिशकुमार मुख्यमन्त्री बनेका छन् ।

विधानसभा चुनावपछि पहिलो पटक नेपालबारे धारणा सार्वजनिक गर्दै लालुले ट्वीट गरेका छन्-ठूलो तामझामका साथ नेपाल गएका थिए । सम्वन्ध विगारे । बाँकी देशसँग के होला ?’

उनले अर्को ट्वीटमा लेखेका छन्-‘नेपाल, जोसँग युगौं युगदेखि हाम्रो रोटी बेटीको सम्वन्ध थियो, त्यसलाई विगारेको छ । अब चीन प्रवेश गर्दैछ । र जनाब (मोदी) विश्व भ्रमणमा छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment