Comments Add Comment

संसद बैठकमा कांग्रेस र मधेसी मोर्चाको बेग्लै तयारी

फाइल तस्वीर
फाइल तस्वीर

१५ मंसिर,काठमाडौं । कांग्रेसको होहल्ला र अवरोधका कारण करीव एक सातादेखि स्थगित भएको व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । आज पनि कांग्रेस र माधेसी मोर्चाले आ आफ्ना कुरा राखेर बैठक अवरोध गर्ने तयारी भइरहेको छ । बैठक सन्चालनको प्रक्रिया र कसलाई पहिला बोल्न दिने भन्ने बारेमा सभामुख ओनसरी घर्ती मगरले सबै प्रमुख दलका प्रमुख सचेतकहरुसँग परामर्श गर्न लागेको एमालेका प्रमुख सचेतक गोकुल घर्ती मगरले बताए ।

अघिल्लो बैठकमा सभामुखले उपेन्द्र यादवलाई बोल्न समय दिएपछि कांग्रेसले प्रमुख विपक्षीलाई पहिले बोल्न दिनुपर्ने भन्दै बैठकमा होहल्ला गरेको थियो । तर कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले सभामुखसँगको बैठकमा उपेन्द्रलाई बोल्न दिन सहमति जनाएका थिए ।

संसद बैठक अवरुद्ध गर्ने वा नगर्ने बारे कांग्रेस भने अनिणिर्त छ । बिमलेन्द्र निधी,मिनेन्द्र रिजाल लगायतका नेताहरुले संसद बैठक अवरोध गर्न दबाब दिइरहेका छन् । मधेशी मोर्चाले भने आफ्ना कुरा राखेर बैठक चल्न नदिने तयारी गरेका छन् ।

बैठक बिहान ११ बजे बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment