Comments Add Comment

पेट्रोल तस्करी गरेको भन्दै मोटरसाइकलमा आगजनी

१५ मंसिर, जनकपुरधाम । आमहड्ताल र नाकाबन्दीको मौका छोपेर भारतीय बजारबाट पेट्रोल तस्करी गरेर नेपाल ल्याएको भन्दै मधेसी मोर्चाका कार्यकर्ताहरुले एक मोटरसाइकलमा आगजनी गरेका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, मातृका यादव नेतृत्वको संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समिति र मधेस क्रान्ति संघर्ष समितिको संयुक्तरुपमा निष्केको जुलुसमा सहभागीहरुले जनकपुर चुरोट कारखाना लिमिटेडको मूल गेट अगाडि ज १ प ६०२३ नम्बरको मोटरसाइकलमा आगजनी गरेका हुन् ।

उक्त मोटरसाइकल चालकले भारतीय बजारबाट १२० लिटर पेट्रोल ल्याएकाले आगजनी गरेको आन्दोलनकारीको भनाइ छ । आगजनीबाट मोटरसाईकल र पेट्रोल पूर्णरुपमा नष्ट भएको छ ।

आन्दोलनकारीहरु यसअघि पनि पेट्रोलियम पदार्थ तस्करी गरेको आरोपमा दर्जन बढी मोटरसाइकल, बस र ट्रकमा तोडफोड गरेका छन् । असुरक्षा बढेपछि प्रहरीले स्कर्टिङ मार्फत सवारीसाधन संचालन सञ्चालन गराउँदै आएको छ ।

– राजकमल सिंहबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment