Comments Add Comment

परराष्ट्रमन्त्रीले भोलि सुष्मा स्वराजलाई भेट्दै, मोदीसित पनि भेट हुन सक्ने

Kamal Thapa

१५ मंसिर, काठमाडौं । भारत भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालेे भारतीय समकक्षी सुस्मा स्वराजसित बुधबार बिहान भेटवार्ता गर्ने तय भएको छ ।

उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसित पनि भेटघाट मिलाउने प्रयासमा छन् ।

भारतीय धर्मगुरु रवीशंकरलाई भेट्न सोमबार बैंगलोर गएका परराष्ट्रमन्त्री थापा मंगलबार नयाँ दिल्ली आएका छन् । मंगलबार कुनै महत्वपूर्ण भेटघाट नभएको राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले अनलाइनखबरसित बताए ।

श्रेष्ठका अनुसार भारतीय विदेशमन्त्री स्वराज र प्रमुख सुरक्षा सल्लाहकार अजित दोभलसित बुधबार भेटवार्ता गर्नेछन् । ‘मोदीसित पनि भेटवार्ताका लागि प्रयास भइरहेको छ । सम्भावना प्रवल छ,’ उनले भने ।

भारतीय प्रधानमन्त्री मोदी पेरिसमा आयोजित जलवायु सम्मेलनमा सहभागी भएर मंगलबार भारत फर्केका छन् ।
०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment