२४ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा नयाँ विवाद सुरु भएको छ । पशुपति शम्शेर राणा र लोकेन्द्र बहादुर चन्द मिलेर उच्चस्तरीय कार्यसम्पादन समितिमा नयाँ सदस्य नियुक्त गरेपछि विवाद सुरु भएको हो ।
पार्टी अध्यक्ष राणाले हालै मात्र प्रेमबहादुर भण्डारीलाई कार्यसम्पादन समिति सदस्य नियुक्त गरेका थिए । तर, प्रकाशचन्द्र लोहनीसहितका नेताहरुले त्यसको विरोध गरेका छन् । १३ सदस्यीय समितिका ५ नेताल संयुक्त विज्ञप्ति जाारी गर्दै भण्डारीको नियुक्त विधान विपरित भएको बताएका छन् ।
राप्रपा र राजपाको एकता महाधिवेशनले सूर्यबहादुर थापा, पशुपतिशम्शेर, लोकेन्द्रबहादुर र प्रकाशचन्द्र लोहनीलाई उच्चस्तरीय कार्यसम्पादन समिति नियुक्त गरेको थियो । अध्यक्षमा आलोपालो गर्ने चार नेताको समझदारीमा ९ कार्यसम्पादन समिति नियुक्त गर्न सक्ने व्यवस्था छ ।
पूर्व अध्यक्ष थापाको निधन भएपछि एक पद रित्त भयो । राणाले हालै मात्र उक्त स्थानमा भण्डारीलाई नियुक्त गरेपछि लोहनीसहितका नेताहरुले विरोध गरेका छन् । ‘महाधिवेशनले अनुमोदन गरेका चार नेता मध्ये कुनै कारणले पद रिक्त हुन गएमा त्यसको पदपूर्ति महाधिवेशनले मात्र गर्न सक्छ’ कार्यसम्पादन समितिका पाँच सदस्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया 4