Comments Add Comment

बाबुरामको प्रस्ताव: बिजुली निकालौं, भारतलाई नाकाबन्दी गरौं !

Baburam Bhattarai (3)

५ पुस, काठमाडौं । भारतीय नाकाबन्दीले हरेक नेपाली प्रभावित छन् । कुनै न कुनै रुपमा उनीहरुको दैनिकी फेरिएको छ र यो अझै कति दिन कायम रहन्छ, कसैले भन्न सक्ने अवस्था छैन । साइकल चढ्नेदेखि बिजुलीबाट गुड्ने कार सडकमा गुडाउनेसम्मका आत्मनिर्भर बन्ने राष्ट्रवादी बहस पनि चलिरहेको छ ।

तर, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई धेरैले भन्ने गरेको विकास कहिल्यै नगर्ने ‘पाखण्डी राष्ट्रवाद’ काम नलाग्ने बताउँछन् । साथै नेपाललाई विकास गरेको अवस्थामा भारतलाई नै नाकाबन्दी गर्न सकिने उनको तर्क छ ।

बाबुरामको प्रस्ताव छ, चिनियाँ पुँजी ल्याएर लगानी गरौं र भारतसँग उर्जा सम्झौता गरेर बिजुली बेचौं।’ यसका लागि चीनसँग पनि बिप्पा सम्झौता गर्नुपर्ने उनको भनाइ छ । सफल अर्थमन्त्रीको छवि बनाएका भट्टराई प्रधानमन्त्री हुँदा भारतसँग बिप्पा सम्झौता भएको थियो ।

डा. भट्टराईले भनेका छन् कि दुबै देशको पुँजी र प्रविधि ल्याएर १० हजार मेगावाटको नेपालको कर्णाली चिसा पानी प्रोजेक्ट बनाऔं । ५ हजार मोगावाट हामीले खर्च गरौं, ५ हजार भारततिर बेचौं ।’

उर्जा मन्त्रालय सम्हाल्ने हरेकले मन्त्री भएपछि एक वर्षमा लोडसेडिङ अन्त्य गर्छु भन्छन् । योपटक त प्रधानमन्त्री केपी शर्मा ओलीले समेत यस्तै घोषणा गरे, जसलाई डा. भट्टराई हास्यास्पद बताएका छन् । उनको प्रश्न छ, ‘एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्छु भन्छन्, कहाँबाट लोडसेडिङ अन्त्य गर्नुहुन्छ ?’

लोडसेडिङ अन्त्य गर्ने हो भने आफ्नो तरिकाले जानुपर्ने र यसका लागि ५/७ वर्ष लाग्ने डा. भट्टराईको विश्लेषण छ । उनले भनेका छन् किभारत र चीन दुबैसँग बिप्पा सम्झौता गर्ने र दुबैको पुँजी र प्राविधि ल्याउने । उनले भनेका छन्-‘चिसापानी जस्ता केही प्रोजेक्ट १० वर्षभित्र ४० हजार बिजुली पैदा गरौं ।’

यसरी उत्पादन हुने बिजुलीमध्ये २० हजार आफूले प्रयोग गरौं । भट्राईले भने, यसले अहिलेको ग्यास, पेट्रोललगायतमा निर्भर हुनु पर्दैन । बिजुलीबाट पकाएर खाऔैं, बिजुलीका कार चढेर हिँडौं ।’

बाँकी २० हजार भारततिर निर्यात गर्नु पर्ने उनको भनाइ छ । ‘उसले जोरी खोजेर नाकाबन्दी गर्छ भने हामीले बिजुलीको नाकाबन्दी गरिदिन्छौं’पूर्वप्रधानमन्त्री भट्टराईको भनाइ छ- यस्तो आत्मनिर्भर भएपछि उसले नाकाबन्दी गर्ने आँट गर्छ ? उसले नाकाबन्दी गर्न खोज्यो भने बिहार र युपीका मान्छेले विद्रोह गरिदिन्छन् । यो पो देश बनाउने तरिका हो, राष्ट्रवादी हुने तरिका हो ।’

तर, हाम्रा नेताहरु बुढा र केटाकेटी बनेको भट्टराईले बताएका छन् । ‘मान्छे उमेरले बुढा भइसक्नु भो, चिन्तन केटाकेटी छ’ उनले भने । आफूले अन्यथा भन्न नखोजेको भन्दै उनले प्रष्ट्याउँदै भने, ‘उहाँहरुको कुरा सुन्नुस् त, मैले यति वर्ष जेल बसेँ, ००० सालमा यो भएको थियो, गणेशमानजीले यो भन्नु भो । वीपीले यसो भन्नु भएको थियो । मनमोहनजीले यसो भन्नु भो, त्यही कथाबाहेक केही भन्नुहुन्न । अहिले के गर्ने ? भोलि के गर्ने भन्नुपर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment