+
+
Shares

अख्तियारको थुनामा बस्दिँन भन्दै कोषराजले राखे १० करोड धरौटी

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ६ गते १७:४३

APF-15th-Day,-Koshraj-Wonta

६ पुस, काठमाडौं । सशस्त्र प्रहरीको सामान ढुवानी प्रकरणमा भ्रष्टाचार गरेको अभियोग लागेका सशस्त्र प्रहरी बलका निवर्तमान महानिरीक्षक कोषराज वन्तले सोमबार अख्तियारको कार्यालयमा पुगेर वयान दिए ।

अख्तियारका अनुसन्धान अधिकृतले वन्तको वयान नसकिएको भन्दै हिरासतमा बस्न आग्रह गरे । तर, वन्तले धरौटी जति पनि तिर्छु, हिरासतमा बस्दिँन भनेपछि उनीसँग १० करोड धरौटी मागिएको अख्तियार स्रोतले अनलाइनखबरलाई बतायो ।

अख्तियारले धरौटी तोक्नासाथ वन्तले १० करोड रुपैया धरौटी बुझाएका छन् । उनले बैक जमानत राखेको अख्तियारले जाएको छ ।

‘अख्तियारले अनुसन्धानका क्रममा कानूनबमोजिम कसैलाई थुनामा राख्न वा धरौटीमा छाड्न सक्छ,’ अख्तियारका प्रवक्ता एवं सहसचिव कृष्णहरी पुस्करले अनलाइनखबरसँग भने- ‘अख्तियारले धरौटी लिएर अनुसन्धान प्रक्रिया अघि बढाउनु तहकिकातसम्बन्धी कानूनी प्रक्रियाभित्रैको कुरा हो ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन ०४८ को दफा १९ (४) मा धरौटीबारे यस्तो प्रावधान छ- ‘भ्रष्टाचारको आरोपमा कारवाई चलाइएको व्यक्ति फरार भै बेपत्ता हुन सक्तछ भनी सम्झनुपर्ने कुनै मनासिव कारण भएमा वा बिगो हानी नोक्सानी भएको देखिएमा आयोगले निजसँग प्रचलित कानुनबमोजिम धरौटी वा जेथा जमानत माग्न र त्यस्तो धरौटी वा जमानत नदिएमा निजलाई थुनामा राख्न सक्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?