२५ पुस, काठमाडौं । शनिबार मध्याहृन काठमाडौं नयाँ बानेश्वरस्थित मानव वस्तीमा पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ ।
बानेश्वरबाट शंखमुल जाने बाटो नजिकै रहेको हेमराज भण्डारीको घरमा चितुवा पसेको थियो । भण्डारीको घरको तल्लो तलामा रविन चाम्लिङ भाडामा बस्थे । उनकी छोरी रुसा घाममा बसेर खाना खान लागेको बेला चितुवा घर कम्पाउण्डमा प्रवेश गरेको थियो ।
चितुवा देखेपछि उनी भात छाडेर भागिन् । चितुवा घर पछाडि लाग्यो । तर, केहीबेरमा नदेखेपछि चाम्लिङ बाहिर गए ।
करिव आधा घण्टापछि फर्किएर आउँदा चितुवा शौचालयमा बसिरहेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । इन्स्पेक्टर हरिबहादुर बस्नेतले शौचालयको ढोका लगाएर चितुवालाई थुने र झण्डै ३ घन्टापछि लठ्याउने इन्जेक्सन लगाएर चितुवा नियन्त्रणमा लिइएको छ ।
भिडियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment




प्रतिक्रिया 4