Comments Add Comment

अब भिडियो एक्सरेबाटै पत्ता लगाउन सकिन्छ पाठेघरको क्यान्सर

suchana prabidhi

वैज्ञानिकहरुले पाठेघरको क्यान्सर पत्ता लगाउन सकिने एक नयाँ किसिमको अल्ट्रासाउण्ड प्रविधि विकाश गरेका छन् । यो प्रविधिमार्फत क्यान्सरको खतराको पूर्वसूचना प्राप्त गर्न सकिन्छ ।

बेल्जियमको युनिभर्सिटी हस्पिटल लियुभेनमा भएको शोधका मुख्य लेखक डि्रक टिग्मरम्यानका अनुसार अहिलेसम्म पाठेघरको क्यान्सरको जाँच गर्दा क्यान्सर रोगीको २०, २५ प्रतिशत जाँच पूरा नै हुन पाएको थिएन ।

तर पछिल्लो प्रविधिले पाठेघरको क्यान्सरको पूरै जाँच गर्न सम्भव तुल्याएको उनको भनाइ छ । यो प्रविधिबाट पाठेघरका क्यान्सरका रोगीको सटिक निदान हुन सक्ने उनले बताए । यो नयाँ परीक्षणले पाठेघरको क्यान्सरको ट्युमर विकशित हुने बित्तिकै त्यसको जानकारी दिन सक्नेछ । विश्वमा महिलाहरुमा पाठेघरको क्यान्सर निकै तिव्र बनिरहेको छ र सुरुवाती अवस्थामै उपचार गर्न सके यो निको पनि हुन्छ ।
शोधकर्ताहरुले सन् १९९९ देखि २०१२ को बीचमा विभिन्न १० देशका ५ हजार मानिसमा यसको परीक्षण गरेका  थिए । गर्भासयको क्यान्सरको ट्युमरको बेनिंग अर्थात् नफैलिने र म्यालिग्नेन्ट अर्थात् घातक वा फैलिने लक्षणका बारेमा यो अल्ट्रासाउण्ड प्रविधिल जानकारी प्रदान गर्दछ । यसरी पाठेघरमा पलाउने क्यान्सरका ट्युमरको बारेमा सुरुवाती अवस्थामै जानकारी पाउन सकेमा त्यसको निदान सम्भव हुने शोधकर्ताको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment