Comments Add Comment

देशभरिका असपतालमा नक्कली चिकित्सक

Doctor२३ माघ, काठमाडौं । अरुलाई परीक्षा दिन लगाएर एमबिबिएस उत्तीर्ण गरेका नक्कली चिकित्सकहरु देशभरिका अस्पतालमा कार्यरत रहेको खुलेको छ ।

काठमाडौं तथा तर्राका विभिन्न अस्पतालमा कार्यरत १३ जना त्यस्ता नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको आजको नयाँ पत्रिकामा समाचर छ ।

एसएलसी र प्लस टुको नक्कली सर्टिफिकेट बनाउने, त्यसको आधारमा चीनमा एमबिबिएस पढ्ने र नेपालको लाइसेन्स परीक्षमा अरुलाई जाँन दिन लगाएर पास गरेर डाक्टर हुनेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा धरैजसो नवलपरासीदेखि झपासम्मका अस्पतालमा कार्यरत चिकित्सकहरु छन् । पक्राउ परेका चिकित्सकको एसएलसी र प्लस टुको नक्कली सर्टिफिकेट रहेको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment