Comments Add Comment

नेहा पुनलाई न्यायको माग गर्दै कलाकार मण्डलामा

neha-pun-lai-nayako-mag
पोखरामा केही दिन अगाडि बलात्कारपछि हत्या गरिएकी कलाकार नेहा पुनलाई न्याय दिन माग गर्दै नेपाली चलचित्रका कलाकार अगाडि आएका छन् । शनिबार बेलुकी काठमाण्डौको मण्डला थिएटरमा मैनवत्ती प्रज्वलन गर्दै उनीहरुले पुनलाई न्याय दिन सरकारसँग माग गरे । उनीहरुलाई विद्यार्थीदेखि सर्वसाधारणले पनि साथ दिएका थिए ।

पूर्व मिस नेपाल माल्भिका सुब्बा, मिस नेपाल इभाना मानन्धर पनि मैनवत्ती बाल्दै नेहालाई न्याय दिनका लागि अगाडि देखिए । यस्तै, नायिका झरना थापा, प्रियंका कार्की, ऋचा शर्मा, नन्दिता केसी, रीमा विश्वकर्मा, दीपाश्री निरौला, आना शर्मा पनि मैनवत्ती बोकेर मण्डला पुगेका थिए ।
neha-pun-lai-mag
उनीहरुले नेहा पुनका दोषीलाई तत्काल समातेर कारवाही गर्न माग गरेका थिए । कलाकारहरुले आज नेहा पुनका हत्यारालाई कारवाही नगर्ने हो भने अरु नेपाली चेली पनि नेहा बन्नुपर्ने भन्दै सरकारले यस्तो घटना दोहोरिन नदिन कदम चाल्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment