Comments Add Comment

ताइवान भूकम्पमा परी मृत्यु हुनेको संख्या ३४ पुग्यो

tiwan bhukampa1२५ माघ काठमाडौं । ताइवानमा शनिबार आएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ । यो संख्या अझ बढ्न सक्ने अनुमान गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

ताइनान शहरमा १७ तले घर भत्कदा त्यस भित्र अझै १ सय भन्दा धेरै मानिस फसेको आशंका गरिएको छ । उनीहरुलाई निकाल्ने प्रयास जारी रहेको छ ।

ताइवानमा शनिबार ६.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो ।

tiwan bhukampa2बीबीसीका अनुसार मलबे भवनमा फसेका परिबारहरुले सरकार बिरुद्ध आक्रोश पोखेका छन् ।
भवन भत्किएसँगै उक्त भवन निर्माणका समयमा गैरकानुनी रुपमा संझौता गरिएको तथ्यहरुसमेत सार्वजनिक हुन थालेका छन् । जसको जाँच सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment