Comments Add Comment

बढुवा भएका २१ सहसचिवको पदस्थापन, ४ सहसचिवको सरुवा (सूचीसहित)

२५ माघ, काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले जेष्ठताका आधारमा हालै उपसचिवबाट सहसचिवमा बढुवा भएका २१ जनालाई पदस्थापन र चार जनालाई सरुवा गरेको छ ।

लोकसेवा आयोगको सिफारिसअनुसार माघ २० गते मन्त्रिपरिषद बैठकले जेष्ठताका आधारमा प्रशासन समूहका २१ र लेखापरीक्षण समूहबाट एक गरी २२ उपसचिवलाई सहसचिवमा बढुवा गरेको थियो । थप २० जना उपसचिवलाई कार्यक्षमता मूल्यांकनका आधारमा सहसचिवमा बढुवा गर्ने अन्तिम तयारी भैरहेको छ ।

कुन सहसचिव कहाँ ?

सामान्य प्रशासन मन्त्रालयका अनुसार बढुवा योग्यताक्रमको एक नम्बरमा परेका रविशंकर सैंजु र ६ नम्बरमा परेका पुरुषोत्तम नेपाललाई सामान्य प्रशासन मन्त्रालयमा पदस्थापन गरिएको छ ।

यसैगरी ज्ञानेन्द्र पौडेललाई अर्थमन्त्रालय, सञ्जयकुमार खनाललाई शान्ति तथा पुनर्निर्माण मन्त्रालय र जानकीबल्लभ अधिकारीलाई पशुपंक्षी विकास मन्त्रालय वा त्यसअन्तर्गतको कार्यालयमा पदस्थापन गरिएको छ ।

केशवप्रसाद आचार्य, जनकराज दाहाल, भागिरथ पाण्डेय, दिलिपकुमार चापागाइँ, विष्णुप्रसाद पोखरेल, प्रेमप्रकाश उप्रेती, नरहरि बराल, विष्णुबहादुर थापा र ताराबहादुर कार्की गृहमन्त्रालय र त्यसअन्तर्गतका कार्यालयहरुमा पदस्थापन भएका छन् ।

गोकुलप्रसाद धिताल र उत्तमप्रसाद नागिला आपूर्ति मन्त्रालयमा तथा दानध्वज बस्नेत र प्रदीपकुमार कोइराला स्वास्थ्य मन्त्रालयमा पदस्थापन भएका छन् ।

शिवप्रसाद अधिकारी विज्ञान प्रविधि, शेरबहादुर ढुंगाना शिक्षा, रामबहादुर घिमिरे राष्ट्रिय सतर्कता केन्द्र, लक्ष्मीकुमारी बस्नेत जनसंख्या तथा वातावरण, महेन्द्रकुमार थापा राष्ट्रिय सूचना आयोग, रघुराम विष्ट सूचना तथा सन्चार र जयनारायण आचार्यलाई राष्ट्रिय योजना आयोगको सचिवालयमा पठाइएको छ ।

यसअघि लक्ष्मीकुमारी बस्नेत शान्ति मन्त्रालयमा, महेन्द्रकुमार थापा विज्ञान प्रविधि मन्त्रालयमा, रघुराम विष्ट स्वास्थ्यमा मन्त्रालयमा र जयनारायण आचार्य सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको निजामति किताबखानामा थिए ।

Sahasachib-Padasthapan-ra-Saruwa

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment