Comments Add Comment

कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन

Sushil-Koirala

२६ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएको छ । सोमबार राति १२ः५० मा महाराजगञ्जस्थित निवासमै कोइरालाको निधन भएको कांग्रेस महामन्त्री प्रकाशमान सिंहले अनलाइनखबरलाई जानकारी दिए ।

उनी केहि दिनदेखि निमोनिया र ज्वरोका कारण अस्वस्थ थिए । कोइरालाले काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम थियो । तर, अवस्थ भएका कारण उनी जान सकेनन् ।

राति उनको निधन भएको छ । उपचारमा संलग्न चिकित्सकहरूले निमोनियाका कारण कोइरालाको निधन भएको बताएका छन् ।

कोइरालाको पार्थिव शरीरलार्इ उनकै निवासमा राखिएको छ । विहान ८ बजेपछि अन्तिम  श्रद्धान्जलीका लागि पार्टी कार्यालयमा राखिनेछ ।

रातिदेखि नै कोइराला निवासमा कांग्रेस नेता कार्यकर्ताहरु भेला भएका छन् । महाधिवेशनका सबै प्रक्रिया अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने कांग्रेसले निर्णय गरेको छ ।

EX-PM-Susil-koirala-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment