Comments Add Comment

बालबालिकासँग आर्यन, कमै देखिन्छन् यसरी चकलेटी हिरो

aaryan-with-balbalika
बीआइए फाउन्डेशन र अनाथ बालबालिकालाई आश्रय दिदै आएको शरस्याङ् घरले लोछार पर्व बीआइएको कार्यलय जोरपाटीमा मनाएका छन् । सो समयमा विभिन्न संकृती झल्कने भेषभुषामा बालबालिकाले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा नेपाली चलचित्रका चर्चित नायक आर्यन सिग्देल प्रमुख अतिथीको रुपमा उपस्थित भए । आर्यन कमै मात्र यसरी कार्यक्रममा सहभागी हुने गर्दछन् । बालबालिकाहरुले नायक सिग्देललाई भेट्दा खुबै खुशी लागेको बताए । आर्यनले पनि आफूले यसरी बालबालिकासँग समय बिताउँदा आनन्दको अनुभुती भएको प्रतिक्रिया दिए ।
aaryan-and-balbalika
६० जना अनाथ बालबालिका शरस्याङ् घरमा रहँदै आएका छन् । नेपाली चलचित्रका चर्चित नायक सिग्देलले बालबालिकसँग तस्बिर खिचाए । यती मात्र होइन, उनलाई बालबालिकाले घेरेर अटोग्राफ पनि लिएका थिए ।

शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘क्लासिक’का नायक आर्यन दृष्टिबिहिनको भूमिकामा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment