Comments Add Comment

मातृका माओवादीका बारा संयोजक पक्राउ

२७ माघ, कलैया । मातृका यादव नेतृत्वको नेकपा माओवादीका बारा संयोजक उमेश यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

३५ बर्षीय यादवलाई कलैया नगरपालिका ३ भवानीपुरस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो । उनीबिरुद्ध अपहरण, चोरी, आगजनी, जवर्जस्ती चन्दा असुली लगायतका उजुरी परेकाले अनुसन्धानका लागि पक्राउ गरिएको बाराका डिएसपी बिनोद शर्माले जानकारी दिए ।

बाराको मनहर्वा ५ श्रीपुरमा रहेको रिलायन्स सुगर मिल्सको चिनी बोकेको गाडीमा आगजनी गरेको तथा बाराका एक व्यापारीलाई अपहरण गरेको लगायतका उजुरी यादवबिरुद्ध परेको छ । यादवबिरुद्ध परेको उजुरी अनुसारकै मुद्धा चलाईने बाराका डिएसपी शर्माले जानकारी दिए ।

आफ्ना जिल्ला संयोजक पक्राउ परेकोबारे नेकपा माओवादी मातृका समुहले कुनै प्रतिक्रिया दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment